दुई हवल्दारसहित १३ जना प्रहरी सम्पर्कविहीन, कहाँ हराए?
काठमाडौं – नेपाल प्रहरीका २ हवल्दार र ११ जवानसहित १३ जना सम्पर्कविहीन भएका छन्। प्रधान कार्यालयले सम्पर्कमा नरहेका उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह समेत गरेको छ।
सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले सूचना निकाल्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
प्रहरी प्रधान कार्यालयले जारी गरेको उक्त सूचनामा आफूखुसी सम्पर्कविहीन भएको जनाइएको छ। सोमबार जारी सूचनामा सम्पर्कमा आउदा स्पष्टिकरणसहित आउन पनि आग्रह गरिएको छ।
सम्पर्कविहीन भएका एवं गैह्रहाजिर हुने प्रहरीहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन्।
सिंह गत मंसिर १९ गतेदेखि सम्पर्कविहीन भएका हुन् भने कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्क बाहिर छन्।
त्यस्तै प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एल.पी., दिल दीक्षित राज केसी पनि सम्पर्कमा नरहेको ूचनामा जनाइएको छ।
यदी सूचनाको ख्याल नगरी निर्धारित समयभित्र स्पष्टिकरणसहित उपस्थित नभएको अवस्थामा प्रहरी सेवाबाट हटाइने कार्यलयले निकालेको सूचनमा उल्लेख छ।