कोरोनाबाट सप्तरीमा एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो


सप्तरी – सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको काेराेनाबाट मृत्यु भएको हो।

१ माघमा  ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो ।

रिपोर्ट  पोजेटिभ आएकै दिन उनको सोमबार उपचारको क्रममा मृत्यु  भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर  इन्सुलिन लिँदै आएकी थिइन्।’

पीसीआरका लागि २ माघमा ७५ जनाको स्वाव संकलन गरेकोमा  ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ। यो सँगै सप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन्।

प्रतिक्रिया