
नेपालमा थपिए एकैदिन ६७३४ कोरोना संक्रमित
काठमाडौं – नेपालमा एकैदिन ६ हजार भन्दा बढीमा कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १७ हजार ४६५ नमुना परिक्षण गरिएकोमा ६ हजार ७३४ जनामा कोरोना पुष्टी भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ५४७ जना कोरोनामुक्त भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालको अवस्थामा ३० हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।



कागजपत्र |
