ट्याक्सी लिएर चोर्न हिँड्ने गिरोहका ६ जना पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले रातको समयमा ट्याक्सीको प्रयोगमार्फत् चोरी गर्ने ६ जनाको एक गिरोहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिसंखू गा.पा.-८ घर भइ काठमाडौँ टोखा बस्ने ३१ बर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा-७ घर भइ टोखा नै बस्ने ३३ बर्षीय राम पुनित महतो,  नुवाकोट लिखु-८ घर भइ गंगबु बस्ने ३६ बर्षीय राम बाघदास रहेका छन्।

यस्तै, टोखा नै बस्ने सर्लाही बरहथवा-७ का ३२ बर्षीय राम विश्वास महतो, २६ बर्षीय अशोक कुमार महतो र भारत मोतिहारी सुगौली थाना छाप्राबास घर भइ टेकु बस्ने ५३ बर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन्।

महाशाखाका अनुसार गत मङ्सिर ११ गते राती काठमाडौँ चन्द्रागिरी न.पा. ०३ थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई. प्रा.लिको कारखानाबाट अपरिचित व्यक्तिहरुले १८ लाख ७६ हजार मूल्य बराबरको तामा र पित्तलबाट बनेको CAL SLEEVE(साइजर) ६ थान र तामाको पावर केबल तार चोरी गरेका थिए।

उक्त घटनाको अनुसन्धानका क्रममा महाशाखाबाट खटिएको बिशेष टोलीले पौष १२ गते साँझ काठमाडौँ बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतोसहित ५ जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा सोही कार्यमा संलग्न सत्रुधन महतोलाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उनीहरुको साथबाट तामा पित्तल जस्तो देखिने तारका क्वाइलहरु ९.५ के.जी समेत बरामद गरिएको छ। उनीहरुलाई बरामद  सामानहरुसहित  थप कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महाशाखाले जनाएको छ।

साथै प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रातको समयमा ट्याक्सीको प्रयोगमार्फत् बिभिन्न सहकारी संस्थालगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको छ, सो सम्बन्धमा समेत थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया