
पूर्वमाओवादीलाई अध्यक्ष दिएपछि एमालेमा लफडा!
काठमाडौं – नेकपा एमाले रौतहटमा विवाद चर्किएको छ। प्रभू साहलाई खुशी पार्न पूर्वमाओवादी पक्षका नेतालाई जिल्ला अध्यक्ष बनाएपछि पुराना एमालेहरुले विद्रोह गरेका हुन्।
एमाले नवौं जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरेको थियो। त्रिभुवन गत वर्षमात्रै माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्।
पूर्वमाओवादीलाई नेतृत्व दिएको भन्दै पुराना एमालेहरुले विद्रोह गरेपछि रौतहटमा लफडा निम्तिएको हो। पुराना एमाले नेता–कार्यकर्ताले त्रिभुवनलाई अध्यक्ष स्वीकार गर्न नसक्ने भन्दै विद्रोह गरेका छन्।
प्रभु साहनिटक रहेका त्रिभुवनलाई एकलौटी रुपमा नेतृत्व घोषणा गरेको भन्दै निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो। गिरीले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन्।
अध्यक्षमा त्रिभुवन साहसँगै उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएका छन्।



कागजपत्र |
