अहिलेको राजनीतिक लडाइँ एमाले अध्यक्ष ओली भर्सेस अन्य शक्ति : शंकर पोखरेल

'रवीन्द्रजी फ्लप खाँदै हुनुहुन्छ ।'


काठमाडाैं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टलाई जनमत उठाउने औजार बनाउँदैमा कोही सफल नहुने टिप्पणी गरेका छन् । उनले अहिलेको नेपालको राजनीतिक लडाइँ एमाले अध्यक्ष केपी ओली भर्सेस अन्य शक्ति भएको बताए ।

बिहीबार सम्पादकहरूसँगको अन्तर्क्रियामा महासचिव पोखरेलले वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने भन्दै राजनीतिमा आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले फ्लप खान थालेको टिप्पणी गरेका हुन् ।

‘असन्तुष्टलाई जनमत उठाउने औजार बनाउँदैमा कोही सफल हुनुहुँदैन,’ उनले भने, ‘रवीन्द्रजी फ्लप खाँदै हुनुहुन्छ ।’

महासचिव पोखरेलले दल बदलिरहनु राम्रो नभएको बताए । ‘दल बदलिरहनु राम्रो होइन,’ उनले भने, ‘हामी (एमाले)ले नै हो अरु दलका कार्यकर्ता नेतालाई ध्रुवीकरणका लागि स्वागत गरेको ।’

प्रतिक्रिया