श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण माग्यो


काेलम्बाे – श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो । श्रीलंका ठूलो आर्थिक संकटमा छ ।

विदेशी रकम संचिती निकै कम भएर टाट पल्टने अवस्थामा पुगेको छ । श्रीलंकाका अर्थमन्त्री अली साबरीले भारतकी विदेशमन्त्री निर्मला सिथारमनसँग गत हप्ता कुराकानी गरी आर्थिक सहयोगबारे कुरा गरेका थिए ।

साबरीले सकारात्मक कुराकानी भएको जानकारी दिएका छन् । भारतले यसअघि नै १ अर्ब डलर सापटी दिने घोषणा गरिसकेको छ । श्रीलंकाले थप १ अर्ब डलर मागेको छ ।

श्रीलंकाले २ अर्ब डलर केन्द्रीय बैंकमा ल्याउने लगानीकर्ता खोजिरहेको सिन्ह्वाले साबरीको भनाई उदृत गर्दै जनाएको छ । श्रीलंकाले खराब आर्थिक संकटको सामना गरिरहेको छ । यो श्रीलंका स्वतन्त्र भएपछिकै खराब अवस्था हो ।

प्रतिक्रिया