

उपत्यकामा ३३४७ सहित देशभर थप ४९६१ मा कोरोना पुष्टी

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १५१३१ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै गत २४ घन्टामा ४ सय ३५ जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
उपत्यकामा ३३४७ जना नयाँ संक्रमित थपिएका छन् ।

