
काठमाडौंमा ११२८ सहित उपत्यकामा मात्रै थपिए १४९८ संक्रमित
काठमाडौं – काठमाडौंमा पछिल्लो २४ घन्टामा १४९८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा काठमाडैंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३०७५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३३ नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । त्यस्तै गत २४ घन्टामा २७८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
नेपालमा अहिलेको अवस्थामा ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
