

नेपालमा एकैदिन ३ हजार बढीमा कोरोना पुष्टी, ३०७५ संक्रमित हुँदा २७८ जना कोरोनामुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ३०७५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३३ नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
त्यस्तै गत २४ घन्टामा २७८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
नेपालमा अहिलेको अवस्थामा ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिनमा नेपालमा संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्दै गइरहेको छ । मन्त्रालयले जनमानसमा स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

