

देशभर थपिए हजार बढी संक्रमित, ११६७ मा संक्रमण थपिँदा २२४ कोरोनामुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा एक हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ६७ नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार देशभर गरिएको १२ हजार ६३२ परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ पुष्टी भएको हो ।
त्यस्तै गत २४ घन्टामा देशभर २२४ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर ४५ हजार ४ सय ९३ जनाले खोप लगाएका छन् ।
नेपालमा अहिलेको अवस्थामा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

