


नेपालमा एकैपटक २४ जनामा ओमिक्रोन पुष्टी

काठमाडौं – नेपालमा २४ जनामा ओमिक्रोन पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पुस महिनामा संकलित जम्मा ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटा नमुनामा एस–जीन नेगेटिभ पत्ता लागेको छ । ती नेगेटिभ पत्ता लागेको २४ नमुनाको जीन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको जनाएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टले हुनसक्ने अत्याधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै आसपतालमा तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको जोहो गर्न निर्देशन समेत दिएको छ ।
साथै मन्त्रालयले एस–जीन स्क्रिनिङ गर्ने सुविधा देशका वीरअस्पताल, निजामति कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, टिचिङ अस्पताल महाराजगञ्ज, प्रदेश जनस्वास्थ्य प्रयोग शाला प्रदेश नं. २ र भेरि अस्पतालबाट पनि सञ्चालनमा रहेको जनाएको छ ।
मन्त्रालयले ओमिक्रोनका कारण अत्याधिक मात्रामा कोभिड–१९ का बिरामीहरु बढ्ने देखिएकोले सबैले सजगता अपनाउन समेत आग्रह गरेको छ । साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालनाका लागि सबै सर्वसाधारणमा अनुरोध गरेको छ ।

