
नेकपा (एस)ले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो ।
नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै नेपाली कांग्रेसले पनि राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
जसअनुसार कांग्रेसले प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा कुमारी गुरूङ र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।



कागजपत्र |
