पुष्पलालको विचारबाट म प्रभावित भएको हुँः अध्यक्ष नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन् ।

बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई सम्झिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ । २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु ।’

साथै, पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठूलो खुसी दिएको बताए । उनले गरिब जनताको लागि हाँसो ल्याउने संघर्ष नै उनको रहेको बताए ।

उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरूले गरेको संर्घषको वर्णन गर्नै सकिन्न । उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको हाँसो र खुसी सम्झन लायक छ ।’

प्रतिक्रिया