यौन दुर्व्यवहार आरोपित सर्वनाम शिक्षालयका वार्डेन पक्राउ


काठमाडाैं – होस्टेलका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको हो ।

शिक्षालयको होस्टेलमा बस्ने विद्यार्थी र सो विद्यालयमा अध्ययनरत विद्यार्थीले बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । यो घटनापछि सर्वनाम शिक्षालयमा शनिबार तनावसमेत भएको थियो । प्रहरीले सो शिक्षालयका प्रिन्सिपललाई तत्काल नियन्त्रणमा लिएको थियो भने वार्डेन बस्नेत फरार भएका थिए ।

वार्डेनविरुद्ध शनिबार तीनजनाले प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् भने अन्य केहीले आइतबार जाहेरी दिने बताइएको छ ।

प्रतिक्रिया