देशभर थप ३२६ जनामा कोरोना पुष्टी, एकै दिन लगाए साढे तीन लाखले खोप


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ३२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४९८ परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा देशभर २५५ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रिमतको मृत्यु भएको छ ।

अहिलेको अवस्थामा नेपालमा ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा ३ लाख ४४ हजार ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया