देशभर थप २१६ मा कोरोना संक्रमण, २०९ जना संक्रमणमुक्त


काठमाडौं– नेपालमा गत २४ घन्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ७ हजार ६३१ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा २०९ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यस्तै एकदिनमा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ३३ हजार ८१२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ रहेको छ ।

प्रतिक्रिया