देशभर थप ४ को मृत्यु हुँदा २३५ संक्रमित थपिए


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २३५ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८४ नमूना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा देशभर २१२ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९४पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा नेपालमा ४ हजार ८ सय ७९ जना सक्रिय संक्रमित संख्या रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया