देशभर थप २२० जनामा कोरोना संक्रमण, २५३ कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २२० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६०८ नमूना परिक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

त्यस्तै गत २४ घन्टामा नेपालमा २५३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

त्यस्तै गत २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९० पुगेको छ ।

नेपालमा गत २४ घन्टामा २ लाख २ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा नेपालमा ४ हजार ८ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया