एकैदिन ५ लाख ६८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप, थप २७१ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८८६ नमुना परिक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको हो ।

त्यस्तै गत २४ घन्टामा देशभर २२५ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै गत २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

त्यस्तै गत २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा देशभर ४ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया