
फिनल्याण्ड पठाईदिन्छु भनि २१ लाख ठगी गर्ने अमित पक्राउ
काठमाडौं – महानगरीय अपराध महाशाखाले फिनल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार इलाम जिल्ला माईजोकमाई गाउपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ७ चावहिल बस्ने कर्ण बहादुर थामीको छोरा बर्ष २९ को अमित थामीलाइ गौरीघाटबाट पक्राउ गरिएको हो ।
निज थामीले वैदेशिक रोजगारको लागि युरोपको फिनल्याण्ड जाने सोच वनाई रहेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमा बिनोद तामाङको नामको प्रोफाईलमा फिनल्याण्डमा वैदेशिक रोजगारीको अवसर भनि निजको Gmail- binodsalesdepartment@gmail.com समेत पोष्ट गरेकोले उक्त Gmailमा सेक्युरिटी गार्डको लागि मेरो कागजातहरूको फोटो पठाएकोमा विनोद तामाङले Whatsapp no 003584573962612 बाट फोन गरी कुराकनी गर्दा निजले HR मेनेजर हुँ भन्दै, तपाईको कागजातहरू पाएँ, फिनल्याण्डको koti sercice apartments मा सेक्युरिटी गार्डमा आउनको लागि तयारी हुनुहोस भनि निजको Gmail- prabinkotihelsinki@gmail.com बाट मेरो Gmail मा ईम्पोल्मेन्ट, जब कन्फर्मेसन लेटर लगायतका कागजातहरू पठाई विश्वास दिलाई फिनल्याण्ड जान भिषा प्रोसेसिङको लागि रू.१,५०,०००।- अमित थामीको नामको सिभिल बैकको खाता नं. ०६३१०२६४६६४०१३ मा डिपोजिट गराउनु भनि हवाई कागजातहरू पठाई विश्वास दिलाई फिनल्याण्ड जान भिषा टिकट, होटल बुकिङको कागज लगायत हवाई टिकटसमेत पठाई पटक पटक गरी बैक खातामा रू २१,००,०००।- (रु एक्काइस लाख ) जम्मा गर्न लगाएको जनाइएको छ ।
निज थामीले पैसा लिए पश्चात मोबाईल अफ गरी सम्पर्कविहिन भएको र ठगीमा परेको आशंका लागि कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको भन्ने जानकारी पाएकोले निजले ठगी गरेकोले निजलाई खोजतलास गरि पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाऊँ भन्ने समेत व्यहोरा उल्लेख गरी शम्भु घले समेत ५ जनाको यस महाशाखामा निवेदन दिएको हुदा , सोही निवेदनका आधारमा निज अमित थामी लाई खोजतलासको क्रममा यस महाशाखाबाट खटिएको टोलीले मिति शुक्रबार गौरीघाटबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाण्डौ परिसर पठाईएको महाशाखाले जनाएको छ ।



कागजपत्र |
