देशभर थप १६७ जनामा कोरोना पुष्टी, २२६ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ४४७ नमूना परिक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टठामा २२६ जना कोरोनामुक्त भइसकेका छन् । यससँगै हालसम्म नेपालमा कोरोनासंक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा १ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ पुगेको छ ।

प्रतिक्रिया