देशभर थप २२० मा कोरोना संक्रमण, २६३ संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २२० जना नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४१४१ परिक्षणमा उक्त संख्यामा कोरोना पोेजेटिभ देखिएको हो ।

त्यस्तै गत २४ घन्टामा २६३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ लाख ९ हजार १ सय ५५ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो अवस्थामा ५ हजार २२५ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया