गणेशमानको प्रतिष्ठामा प्रकाशमानको ‘दाग’


नेपाली कांग्रेसका सर्वोच्च कमाण्डर । लौह पुरुष । सर्वमान्य नेता । फादर अफ डेमोक्रेसी । प्रधानमन्त्री पदको प्रस्ताव नकार्न सक्ने पदको लोलुपता नभएका व्यक्ति, आदि अनेक नाम आउनेबित्तिकै नेपाली कांग्रेसका भोटरले चिन्ने एउटै व्यक्ति गणेशमान सिंह ।

र, सबैले सजिलैसँग चिन्ने नाम – कांग्रेस नेता गणेशमान सिंह । कुनै बेला प्रधानमन्त्री बन्न आएको राजा वीरेन्द्रको प्रस्तावलाई अस्वीकार गर्दै पदप्रतिको आशक्तिलाई बेपर्वाह त्याग्ने काठमाडौंको स्थानीय नेवार परिवारको व्यक्ति, जसले मुलुकलाई राणा शासनकालको पञ्जाबाट मुक्ति दिलाउनका लागि पुर्याएको योगदानलाई अतुलनीय नै मान्ने गरिन्छ ।

२५ वर्षे युवा उमेरमा नै नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्का सदस्यसमेत रहेर सन् १९९७ मा ‘राणा हटाउ’अभियानको नेतृत्व गर्दै प्रवासी जीवन सुरु गरेका सिंहले जब बीपी कोइरालासँगको राजनीतिक सम्बन्धलाई स्थापित गरे, तब नेपालमा नेपाली कांग्रेस स्थापनाको एक मेरुदण्ड बन्न सफल भए ।

नेपाली कांग्रेसमा नयाँ नेतृत्वको लागि भन्दै निर्वाचनको अघिल्लो दिनसम्म संस्थापनको विरोध गर्दै आएका सिंहले आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सभापतिको दाबेदारी गरेपछि पौडेल पछि हटे, जसले पौडेलको छवि माथि उठायो भने सिंहको ‘दम्भ’लाई बाहिर ल्यायो ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चा सम्हालेका सिंह संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित थिए । उनी सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्रीसमेत रहेका गणेशमानले २०१७ सालको ‘कू’पछि ८ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायतबिरूध्द सक्रिय रहे ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा सिंहले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरे । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्त्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टका साथै अन्य विचारधाराका दलहरुसँग मिलेर पञ्चायतबिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डरका रुपमा स्थापित भए । फरक विचार धाराका दलहरुले पनि पहिलोपटक कसैलाई सर्वोच्च नेताको रुपमा स्वीकारे भने, त्यो नाम हो गणेशमान सिंह ।

सिंहकै कमाण्डरमा नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो । नेपालमा महिला राजनीतिमा उनकै धर्मपत्नी अर्थात् मंगलादेवी सिंहको उदय भयो । जसको भूमिका नेपाली कांग्रेसको राजनीतिमा महिलाहरुको भूमिकालाई अपरिहार्य बनाउन सफल रह्यो । ८२ वर्षको उमेरमा २०५४ सालमा निधन भएका सिंहकै अनुशरण गर्दै कान्छा छोरा प्रकाशमान सिंहलाई राजनीतिक रुपमा स्थापित भए ।

उनै गणेशमान सिंहका उत्तराधिकारी प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा आएर भने उनको नाममा दाग लगाउने काम गरे । नेपाली कांग्रेसमा नयाँ नेतृत्वको लागि भन्दै निर्वाचनको अघिल्लो दिनसम्म संस्थापनको विरोध गर्दै आएका सिंहले आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सभापतिको दाबेदारी गरेपछि पौडेल पछि हटे, जसले पौडेलको छवि माथि उठायो भने सिंहको ‘दम्भ’लाई बाहिर ल्यायो ।

महाधिवेशन अघिसम्म पौडेललाई नेता मान्दै फरक धारमा उभिएका सिंहले जब मतपरिणाम आयो, त्यसपछि देउवालाई समर्थन गर्न कुनै ढिलाई गरेनन्, त्यसबाट सिंहलाई आफ्नो विचारमा अडिग नभएका नेता मानियो । जसले गर्दा सामाजिक सञ्जाललगायतका स्थानमा उनको अभिव्यक्तिप्रति आम जनमानसले रोष पोखे । अधिकांश प्रतिक्रियाहरु ‘नेगेटिभ’भए पनि प्रकाशमान सिंहले प्रतिक्रियाका लागि अरुलाई ‘बन्द’नै गरिदिनुपर्ने अवस्था समेत आयो ।

जब पिता सिंहको ‘त्यागी’पद्वीलाई पदका लागि त्यागेका सिंहले सभापतिको निर्वाचनबाट प्राप्त मतबाट आफ्नो औकात थाहा पाए, तब लामो समयदेखि गुटबाहिर रहेर विरोध गर्दै आएका शेरबहादुर देउवाकै शरणमा गए । जसबाट नेपाली कांग्रेसको नेतृत्वमा नयाँ र युवा विचारधारा ल्याउनुपर्छ भन्दै हिँडेका सिंहको यथार्थता कार्यकर्तामाझ अझ छर्लङ्गियो । जुन कुरा उनलाई मत दिने महाधिवेशन प्रतिनिधिहरुले दोस्रो चरणको निर्वाचनमा सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले पाएको मतबाट पुष्टी गरिदिए । पराजयका बाबजुद पनि कोइरालाले पहिलो चरणमा भन्दा दोस्रो चरणमा बढी मत ल्याउनु यही ‘प्रकाशमान’प्रवृत्तिले साथ दिएको थियो । सिंहको उक्त कार्यलाई काठमाडौं -१ का कार्यकर्ता एवं मतदाताले धोका सम्झँदै निर्वाचनसम्म नसम्झिउन् ।

प्रतिनिधि सभाको निर्वाचनमा अहिलेसम्म काठमाडौं क्षेत्र नं. १ मा अपराजित रहेका सिंहले पछिल्लो निर्वाचनमा विवेकशील पार्टीका रविन्द्र मिश्रसँग झिनो मतान्तरले विजयी भए । त्यसबाट सिंहको काठमाडौंमा जनमत विस्तारै घट्दै गएको पुष्टी भएको थियो ।

महाधिवेशन अघिसम्म पौडेललाई नेता मान्दै फरक धारमा उभिएका सिंहले जब मतपरिणाम आयो, त्यसपछि देउवालाई समर्थन गर्न कुनै ढिलाई गरेनन्, त्यसबाट सिंहलाई आफ्नो विचारमा अडिग नभएका नेता मानियो । जसले गर्दा सामाजिक सञ्जाललगायतका स्थानमा उनको अभिव्यक्तिप्रति आम जनमानसले रोष पोखे । अधिकांश प्रतिक्रियाहरु ‘नेगेटिभ’भए पनि प्रकाशमान सिंहले प्रतिक्रियाका लागि अरुलाई ‘बन्द’नै गरिदिनुपर्ने अवस्था समेत आयो । र, विज्ञप्ति नै निकाल्न बाध्य हुनुपर्यो पदका लागि सम्झौता गरेको छैन भनेर ।

उनले विज्ञप्तिमा प्रष्ट भनेका छन्, नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ, निस्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ सिंहको यो अभिव्यक्ति नै पदकै लागि गरेको सम्झौताको अर्को रुप हो ।

छोरा सिंहले कार्यकारी प्रधानमन्त्री जस्तो पदमा राजाको प्रस्ताव ठाडै अस्वीकार गर्ने गणेशमानको प्रतिष्ठामा दाग लगाउने प्रयास गरे ।

प्रतिक्रिया