देशभर थप ३४१ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३१३ र एन्टिजेन परीक्षणबाट २८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा १० हजार ४१६ पीसीआर परीक्षण र २ हजार ८२० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १३ हजार २३६ गरिएको छ।

३७६ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार २४ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २४ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ८१० पुगेको छ।

हालसम्म ८ लाख ७ हजार १५४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५५७ पुगेको छ ।

२४ घण्टामा १ लाख ८७ हजार ६६४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया