रामचन्द्र पौडेल अचानक सिटौला निवासमा


काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अचानक चन्डोलस्थित कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्। बुधबार बिहन साझा उम्मेद्वार तय गर्ने भनेर बसेको बैठकबाट निस्किएका पौडेल अचानक सिटौला निवास पुगेका हुन्।

पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने साझा उम्मेदवार तय गर्न भनेर बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित आफूपक्षीय बैठकबाट खाना खान भनेर बाहिरिएका थिए पौडेल।

सिटौला निवासमा पनि सिटौला पक्षले पनि उम्मेदवार चयन तथा महाधिवेशनमा चुनावी तालमेलबारे छुट्टै बैठक गरिरहेको छ। आज एकसाथ संस्थापन संस्थापन इतर र सिटौला पक्षले आआफ्ना बैठक गरिरहेका छन्।

प्रतिक्रिया