सशस्त्र प्रहरीद्वारा सप्तकोशी डुबिरहेका घिमिरेकोे जिवितै उद्दार


सुनसरी – सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक माघ २८ गते दिउँसो सप्तकोशी नदीमा बगेका सोही नगरपालिका ५ बस्ने ६० बर्षिय भुवन घिमिरेको सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उद्धार गरेका छन् ।

सुनसरी जिल्लाको हरिनगर गााउपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उद्धार गरेका हुन् ।

सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि उनले तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए ।
उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको छ ।

 

प्रतिक्रिया