

सरकारले झाँक्रीलाई पक्राउ गरेर अधिनायकवादी चरित्र उदांगो पारेको छ : रामचन्द्र पौडेल

काठमाडौं – नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारको असंवैधानिक कदमविरुद्ध बोल्दा पक्राउ गरेका विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कडा टिप्पणी गरेका छन् । पौडेलले ट्विटरमार्फत सरकारको अधिनायकवादी चरित्र उदांगिएको भन्दै टिप्पणी सार्वजनिक गरेका हुन् ।
‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर अधिनायकवादी चरित्र उदांगो पारेको छ,’ पौडेलले ट्विटरमा लेखेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्ताक्षेप गरेको छ । उनले झाँक्रीलाई विनासर्त रिहा गर्न पनि माग गरेका छन् ।
सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नाे अधिनायकवादी चरित्र उदाङ्गाे पारेकाे छ । संविधानले व्यवस्था गरेकाे नागरिककाे अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेकाे छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकाे घटनाकाे म घाेर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !
— Ram Chandra Paudel (@RcPaudelNepal) February 11, 2021

