मोटरसाइकलमा आगलागी हुँदा दुईको मृत्यु


धादिङ – धादिङको धुनीबेसी नगरपालिकास्थित खानी खोला सडक खण्डमा मोटर साईकलमा आगलागी हुँदा दुर्ई जनाको मृत्यु भएको छ । मोटर साईकलमा सवार डा। सुरेश अधिकारी र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको प्रतक्षदर्शीले जनाएका छन् ।

गल्छिबाट काठमाडौंतर्फ जादै गरेको प्र३–०२–००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना१क ६५४७ नम्बरको ट्रकसगँ ठोक्किँदा मोटरसाइकलमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानसँगै मृतकको सनाखत कार्य भइरहेको छ ।

प्रतिक्रिया