पाँच वर्ष सरकार चलाउन दिएपनि नेकपाले मुलुक सञ्चालन र विकास गर्न सकेन : रामचन्द्र


पोखरा – वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिष्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाएका छन् ।

पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी संघ प्रदेश समितिको घोषणा कार्यक्रमको उनले यस्ताे बताएका हुन् ।

पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गरे ।

नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उहाँले त्यसका विरुद्धमा काँग्रेसले पहरेदारका रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

नेता गोपालमान श्रेष्ठले निर्वाचन भएमा काँग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय अध्यक्ष ओम थापामगरले मुलुकको परिर्वतका लागि भएका प्रत्येक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीले योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने बताए ।

प्रतिक्रिया