देशभर थप २६५ जनामा कोरोना पुष्टी, ३५७ कोरोनामुक्त हुँदा २ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २६५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २३८ र  एन्टिजेन परीक्षणबाट २७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा  ७ हजार ११४ पीसीआर परीक्षण र  १ हजार ५०३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ८  हजार ६१७ गरिएको छ ।

३५७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २२ हजार ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ६१९ पुगेको छ।

हालसम्म ८ लाख ४ हजार ९०१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५४३ पुगेको छ ।

२४ घण्टामा  १ लाख ६ हजार ६१० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया