ए डिभिजन लिगः आज दुई खेल हुँदै


काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन् ।

पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन् । आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्नेछ ।

यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १-० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

प्रतिक्रिया