


बिइङ ह्युमनको शोरुमबाट स्रोत नखुलेको साढे ६९ लाखसहित एक पक्राउ

काठमाडौं – राजधानीको दरबारमार्गस्थित बिइङ ह्युमनको शोरुमबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय अभिनेता सलमान खानको ब्रान्ड मानिएको बिइङ ह्युमनको दरबारमार्गस्थित शोरुमका म्यानेजर हिरोसी खानलाई ६९ लाख स्रोत नखुलेको रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना पाएपछि प्रहरीले शुक्रबार बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो। म्यानेजर हिरोसी खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।
उनीबाट एक हजारका दरले १०० वटा भएको ४९ लाख रुपैयाँ, ५००का दरको १०० वटा भएको २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमनको निलो रंगको झोला बरामद गरेको छ।

