७८३६ को परिक्षण गर्दा थप २४६ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७८३६ नमुना परिक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको हो ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८ लाख ३ हजार ७१६ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यन गुमाएका छैनन् ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देश १ लाख ७५ हजार ५६७ कोरोना खोपहरु लगाइएको छ ।

अहिलेको अवस्थामा नेपालमा ६ हजार ९ सय२१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया