देशभर थप ३१६ जनामा कोरोना पुष्टी, ३ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ३१६  जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७ सय २७ जना नमुना परिक्षण गर्दा ३१६ जनामा कोरोना पुष्टी भएको जनाइएको छ ।

त्यस्तै गत २४ घन्टामा देशभरमा २ लाख २७ हजार ५८४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको पनि जनाइएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा २५९ जना कोरोनामुक्त भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा ३ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा नेपालमा ६ हजार ९५४ सक्रिय संक्रमित रहेको जनाइएको छ । उपत्यकामा १५० जनामा कोरोना पुष्टी भएको छ ।

 

 

प्रतिक्रिया