६४६९ को परिक्षण गर्दा थप २५५ जनामा कोरोना, २ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरमा ६४६९ परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५६ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २ हजार ९ सय ९ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा नेपालमा थप २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय २६ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा नेपालमा २ लामख ११ हजार ५५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया