एमालेले केन्द्रीय सदस्यमा नपरेका भट्टराईलाई प्रदेश १ अध्यक्ष बनाउने


काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा समावेश नभएका नेता विशाल भट्टराईलाई प्रदेश १ कमिटी अध्यक्ष बनाउने आश्वासन दिइएको छ।

आगामी कार्यकालका लागि तय गरिएका ३०१ केन्द्रीय सदस्यमा नपरेपछि असन्तुष्ट बनेका भट्टराईलाई नेतृत्वले अध्यक्ष बनाउने आश्वासन दिएको हो।

चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा भट्टराईको नाम समावेश थिएन।

एमालेमा प्रदेश १ का वर्तमान अध्यक्ष देवराज घिमिरे लगातार पाँचौँ पटक केन्द्रीय सदस्य बनेका छन्। घिमिरे केन्द्रमा आएसँगै भट्टराईलाई अध्यक्ष बनाउने तयारी नेतृत्वले गरेको हो।

घिमिरे पाँचौँ महाधिवेशनदेखि हालसम्म केन्द्रीय सदस्य बनिरहेका छन्। आगामी प्रदेश अधिवेशनबाट एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईलाई नेतृत्वले प्रदेशको कमाण्ड सम्हाल्न पठाउने वचन दिएको छ।

प्रदेशको अध्यक्ष भएपछि स्वतः केन्द्रीय कमिटी सदस्यसरहकै हैसियत हुन्छ।

प्रतिक्रिया