८९१८ को परिक्षण गर्दा १५८ मा कोरोना पुष्टी, २ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका ८ हजार ९१८ नमुना परिक्षणमध्ये उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३४२ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १ लाख २७ हजार ६ सय ११ जनाले खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया