
तीन पदाधिकारी पद माग्दै पूर्वमाओवादी
काठमाडौं – नेकपा एमालेको नयाँ बन्ने केन्द्रीय कमिटीमा पूर्वमाओवादी पक्षले तीन पदाधिकारी माग गरेको छ। रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताहरूको बैठकले तीन पदाधिकारी माग गरेको हो।
आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना केन्द्रीय सदस्य बनाइनुपर्ने पूर्वमाओवादी समूहको माग छ। स्रोतका अनुसार उपाध्यक्ष, उपमहासचिव र सचिव तथा ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग गरिएको हो।
यस विषयमा नेता थापा, रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साह पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै छलफल गरिरहेका छन्। उनीहरु ओली बसेकै होटलमा पुगेका छन्।
उपाध्यक्ष थापा, उपमहासचिवरायमाझी र सचिव भट्टलाई बनाउनुपर्नेगरी सूची पेस गरिएको छ। यसैगरी कम्तीमा ३५ जना केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाइनुपर्ने माग उनीहरूको छ।



कागजपत्र |
