‘ए’ डिभिजन लिगः फ्रेन्ड्स क्लबलाई हराउँदा सङ्कटाकाे पहिलाे जित


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले पहिलो जित निकालेको छ । आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले फ्रेन्ड्स क्लबलाई दुई–एक गोल अन्तरले हराएको हो ।

खेलको ४२ औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरी फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए तर अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब पराजित हुनु पुग्याे ।

सङ्कटाका निरज बस्नेतले खेलको ५७ औँ मिनेटमा र फोडे फोफानाले ८६ औँ मिनेटमा एक/एक गोल गरेपछि पुनरागमन जित निकालेकाे हाे ।

जितसँगै सङ्कटाले दुई खेलमा चार अङ्क जोडेको छ । सङ्कटा दोस्रो स्थानमा रहेको छ, सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग एक-एक गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया