

काठमाडौंमा १४४ सहित देशभर थप ३३२ जनामा कोरोना पुष्टी, ४ को मृत्यु

काठमाडौं – नेपालमा गत २४ घन्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९२० नमुना परिक्षणमा पीसीआर विधिबाट गरिएकोमा ३०५ र एन्टीजेनविधिबाट गरिएको परिक्षणमा २७ जनामा कोरोना पुष्टी भएको हो ।
त्यस्तै गत २४ घन्टामा देशभर २७२ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय १३ पुगेका छन् ।
अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घन्टामा काठमाडौं उपत्यकाभित्र १८१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १४४ काठमाडौंमा, २६ ललितपुरमा र ११ जना भक्तपुरमा नयाँ संक्रमित थपिएका छन् ।

