

योगेश भट्टराईले गरे पुनः सचिवमै उठ्ने घोषणा

चितवन – नेकपा एमाले नेता योगेश भट्टराईले आफू आसन्न महाधिवेशनमा पुनः सचिवकै उम्मेदवार हुने बताएका छन् । महाधिवेशन तयारीका लागि चितवन आइपुगेका भट्टराईले भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय लिने बताए ।
‘अरु प्रतिनिधि पनि आउँदै हुनुहुन्छ। उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ। मेरो आशय तपाईंहरुले बुझिरहनुभएको छ। लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपटक चौतारीमा बस्ने हो, सचिवमा भन्ने मेरो सोचाइ छ,’ उनले भने।
उनी यसअघि नवौं महाधिवेशनबाट पनि सचिवमा निर्वाचित भएका थिए।

