
देशभर ३८५ संक्रमित थपिए, २५८ कोरोनामुक्त हुँदा ४ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ३८५ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा ग।रएका १२ हजार ६ सय ९७ नमुना परिक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २५८ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा ८ लाख ६ सय १७ जना कोरोनामुक्त भइसकेका छन् ।
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६९ रहेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
