ए डिभिजन लिगः एपिएफमाथि ब्रिगेड ब्वाइजको रोमाञ्चक जित


काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले रोमाञ्चक जित हात पारेको छ। बिबिसीले आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३-२ ले पराजित गरेको हो ।

खेलको ११ मिनेटमा दिनेश राईले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । उनको फ्रिकिकलाई एपिएफका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् । १७ मिनेटमा एपिएफका आसिस लामाले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

६५ मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दा बिबिसी २-१ ले अघि बढ्यो । ७७ मिनेटमा एपिएफले दोस्रो पटक खेललाई बराबरी ल्याउन सफल भयो। एपिएफका लागि विकी तामाङले गोल गरेका थिए । इन्जुरी टाइममा सुरज गुरुङले गोल गरेपछि बिबिसीले ३-२ को रोमाञ्चक जित हात पार्न सफल भयो ।

प्रतिक्रिया