देशभर थप २९६ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २९६ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशरभका विभिन्न प्रयोगशालामा गरिएको ८९७२ वटा नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा ३६९ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा ५ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ९४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया