न्यायालयलाई लयमा फर्काउने प्रयासमा प्रधानन्यायाधीश, आजका लागि तोकियो २२३ मुद्दाको पेसी


काठमाडौं – न्यायाधीश र कानुन व्यवसायीको व्यवधानकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत सुचारु राख्ने प्रयास गरेका छन् । विरोधका बाबजुद प्रधानन्यायाधीश राणाले लगातार रुपमा सबै किसिमका मुद्दाहरुको पेशी तोकि रहेका छन् ।

अन्य न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने भनि रहे पनि राणाले आम जनतालाई न्याय दिने अभिप्रायःबाट आप्mनो दायित्व निर्वाह गरिरहेका छन् । राणाले हरेक दिन दैनिक पेसी सूची सार्वजनिक गरिरहेका छन् । तर, न्यायाधीशहरुले कानुन व्यवसायीको लहैलहैमा लागेर इजलाश बहिष्कार गरिरहेका छन् ।

नियमित कार्यअन्तर्गत प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि पनि २२३ मुद्दाको पेसी सूची तोकेका छन् । सर्वोच्च स्रोतका अनुसार शुक्रबारका लागि ८ वटा इजलास तोकिएका छन् । ती इजलासहरुमा सबै किसिमको मुद्दाको पेसी तोकिएको पनि सर्वोच्च स्रोतले जनाएको छ ।

शुक्रबार तोकिएका पेसीमा न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासमा ५५ वटा मुद्दा रहेका छन् । शुक्रबारका लागि प्रधानन्यायाधीश राणाले आप्mनो इजलास भने तोकेका छैनन् ।

 

प्रतिक्रिया