
प्रधानन्यायाधीश राणाको सर्वोच्च प्रवेशमा बाधक बन्दै कानुन व्यवसायी
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई शुक्रबार सर्वोच्च अदालत प्रवेशमा नेपाल बार एशाेसिएसनले बाधा उत्पन्न गर्ने भएको छ ।
शान्तिपूर्ण आन्दोलनमा हिजो (बिहीबार)बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश गर्न नदिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूल गेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई राेकिने जनाइन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् ।
कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।



कागजपत्र |
