

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लड्न प्रधानमन्त्री देउवाको चुनौती

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन्।
जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा देउवाले शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका हुन्।
कुनै बेला आफुलाई अक्षमको ट्याग लगाएर प्रधानमन्त्रीबाट हटाएका पूर्वराजा शाहप्रति आक्रेशित देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी समेत दिए।
ज्ञानेन्द्रले दशैंमा सार्वजनिक गरेका अभिव्यक्तिप्रति देउवाले आपत्तिसमेत जनाएका छन्। पूर्वराजा ज्ञानेन्द्रले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए।
कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले धेरै राम्रो संविधान छ। समावेशी–समानुपातिक संविधान छ। सबैलाई समेटिएको छ । सबैको अधिकार छ। केही समस्या छन् भने प्रजातान्त्रिक रुपमा हल गर्नुपर्छ।’
तत्कालीन समयमा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने बेला प्रधानमन्त्री थिए देउवा। २०६१ मा प्रत्यक्ष शासन ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षमको ट्याग लगाएर पदबाट हटाए।
त्यतिबेला आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको देउवाले स्मरण गरे। ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ’ देउवाले भने, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस्।

