देशभर १६७३६ को परिक्षण गर्दा ५३३ जनामा कोरोना पुष्टी, ४८४ कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ७३६ जनाको कोरोना परीक्षण  गर्दा ५३३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ४ सय ५४ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर ७ हजार ६१२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया