१२ हजार परिक्षण गर्दा ६६६ मा कोरोना पुष्टी, ११ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ६६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २० नमूना परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२२ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभरमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ ।

नेपालमा अहिलेको अवस्थामा १० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया